images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • प्राधिकरणले उद्योगीहरुलाई पठाएको टिओडी मिटरको बिल...

प्राधिकरणले उद्योगीहरुलाई पठाएको टिओडी मिटरको बिल जाँच गर्न गठित समितिबाट काम सुरु ।

प्राधिकरणले उद्योगीहरुलाई पठाएको टिओडी मिटरको बिल जाँच गर्न गठित समितिबाट काम सुरु ।

images
images
सोमवार, मंसिर १० २०८१
सोमवार, मंसिर १० २०८१
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई पठाएको डेडिकटेड फिडर तथा ट्रंकलाइनको बिल जाँच गर्न गठित समितिले काम थालेको छ ।

    images
    images

    समितिले आइतबार जल तथा मौसम विज्ञान विभागको बबरमहल स्थित कार्यालयमा सम्पर्क कार्यालय  राखेर काम थालेको हो । असोज २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरेर डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवाद समाधान गर्ने निर्णय गर्‍यो ।

    लाल आयोगको प्रतिवेदनमा २०७२ माघ देखि २०७५ वैशाख सम्म डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिने ग्राहकहरुबाट उठाउनु पर्ने विद्युत बक्यौता महसुल उठाउन सकिने उल्लेख छ । तर यस्तो बक्यौता उठाउँदा हरेक दिनको टिओडी मिटरको विवरणका आधारमा उठाउन भनिएको छ ।
    प्राधिकरणले टिओडी मिटरको विवरण नभएको बिल पठाएको उद्योगीले गुनासो गरेपछि सरकारले विद्युत महसुलको बक्यौता रकम प्रशासनिक तथा प्राविधिक हिसावले आवश्यक जाँच गरी टिओडी मिटर समेतको आधारमा प्रतिवेदन पेश गर्न  प्रा. डा. अरविन्द कुमार मिश्रको संयोजकत्वमा समिति गठन गरेको हो । गठन भएको समितिले मिति २०८१।८।९ देखि कार्यारम्भ गरेको छ ।

    images
    images

    राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. मिश्रको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको हो । कार्यदलमा नेपाल विद्युत प्राधिकरणका केही समय अघि अवकाश प्राप्त श्रीराम राज पाण्डे र र चार्टर्ड अकाउन्टेन्ट सुजन कुमार काफ्ले सदस्य रहेका छन् । यो कार्यदलले प्राधिकरणले काटेको बिल टाइम्स अफ डे (टिओडी) मिटरअनुसार भए नभएको र गणना गरेको मिले नमिलेको जाँच गर्ने छ । लाल आयोगको प्रतिवेदन र प्राधिकरणले काटेको बिलको कार्यदलले अध्ययन गर्ने छ। त्यस अनुसार नमिले सच्याउन सिफारिस गर्ने कार्यादेश पाएको छ ।

    उद्योगीहरुले प्राधिकरणले पुरानै विवरणको बिलको पत्र पठाएको बताएका छन् । ‘सरकारकै निर्णय प्राधिकरणले नमानेर पुरानै व्यहोराको चिठ्ठी पठाएको छ । कुलमानजीले मन्त्रिपरिषद्लाई पनि टेर्नु भएन,’ एक उद्योगीले भने ।

    प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले भने आफूहरुले उद्योगमा पठाएको बिल टिओडी मिटर अनुसारकै भएको पुनः दाबी गरेका छन् । बिललाई लिएर दुई पक्ष बीच विवाद भएपछि सरकारले अध्ययनका लागि कार्यदल गठन गरेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend