images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • दूधखोला जलविद्युत आयोजनामा माउण्टेन इनर्जीले...

दूधखोला जलविद्युत आयोजनामा माउण्टेन इनर्जीले ६५ मेगावाटको लगानी गर्ने

दूधखोला जलविद्युत आयोजनामा माउण्टेन इनर्जीले ६५ मेगावाटको लगानी गर्ने

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं । माउण्टेन इनर्जीले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो ।माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानी सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।

    images
    images

    सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चाक अरुण कुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।विद्युत विकास विभागले २०७४ जेठमा दूधखोला जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको थियो ।माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् ।

    कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो परियोजना प्रतिमेगावाट साढे १३ करोड हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।माउण्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत आयोजनाको पनि विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउण्टेन इनर्जीले हकप्रद शेयर निष्काशन गर्न सक्ने देखिएको छ ।

    images
    images

    चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।कम्पनीको चूक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको ‘रिटेन अर्निङ’ १ अर्ब ३३ करोड रहेको छ ।यो अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी ५३.९६ रुपैयाँ हुन आउँछ । कम्पनीको प्रतिशेयर नेटवर्थ १५८.७७ रुपैयाँ रहेको छ ।

    मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो । साथै, आर्थिक वर्ष २०७९/०८० मा कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend