images

२०८३ आश्विन १९ गते

images
images
images

१३५ मेगावाटको मनाङ–मर्स्याङ्दी निर्माण सुरु

१३५ मेगावाटको मनाङ–मर्स्याङ्दी निर्माण सुरु

images
images
आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • काठमाडौं :मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु भएको छ। अर्धजलाशययुक्त मनाङ–मस्र्याङ्दी आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माण प्रारम्भ भएको हो। मनाङ–मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित १ सय ३५ मेगावाट क्षमताको आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन भएसँगै निर्माण प्रारम्भ भएको हो। 

    images
    images

    गत महिना चीनको एक्जिम बैंकसँग कर्जा सम्झौता भएको थियो। सम्झौताअनुसार एक्जिम बैंकले १ अर्ब २४ करोड २५ लाख चिनियाँ यूआन अर्थात् १७ करोड ५२ लाख ५० हजार अमेरिकी डलर ऋण लगानी गर्नेछ। बाँकी ऋण रकम अन्य स्रोतबाट जुटाइएको छ। आयोजनाको अनुमानित लागत ३२ करोड ३० लाख अमेरिकी डलर रहेको छ। 

    आयोजनामा बुटवल पावर कम्पनीसँगै चिनियाँ कम्पनीहरू एसीआईजी इन्टरनेसनल लिमिटेड, सिङचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र क्यूवाईईसी इन्टरनेसनल कम्पनी लिमिटेड र सो कम्पनीहरूको संयुक्त लगानीको एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो जोइन्ट डेभलपमेन्ट इन्भेस्टमेन्ट कम्पनीको लगानी छ। 

    images
    images

    लगानीकर्तामध्येको एक कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले प्रेस विज्ञप्तिमार्फत आयोजनाको निर्माण चीनको सिनोहाइड्रो ब्युरो सेभेन कम्पनी लिमिटेडले र निर्माण सुपरिवेक्षण सोही नर्थवेस्ट इन्जिनियरिङ कम्पनीले गरिरहेको जनाइएको छ।  कम्पनीको स्वपुँजीमा २० प्रतिशत बुटवल पावर कम्पनीको लगानी र ८० प्रतिशत चिनियाँ लगानीको हिस्सा रहने विज्ञप्तिमा उल्लेख छ। कम्पनीले आयोजनास्थल आसपासका स्थानीयलाई प्रचलित कानुनको अधीनमा रही सेयर उपलब्ध गराउने योजनासमेत बनाएको छ।

    आयोजनाको निर्माण कार्य ४२ महिना छ। अर्धजलाशययुक्त आयोजना रहेको यो मनाङको चामे र नासों गाउँपालिकामा पर्दछ। यस आयोजनाको बाँध चामे गाउँपालिका–३ कोतोमा तथा विद्युत्गृह नासों गाउँपालिका–९ मा बनाइने कम्पनीले बताएको छ। आयोजना निर्माण सकिएपछि वार्षिक ७६६ गिगावाट (जीडब्लूएच) विद्युत् उत्पादन हुनेछ। यी स्वदेशी तथा विदेशी कम्पनीको संयुक्त सेयर लगानीमा मर्स्याङ्दी नदीमा क्यास्केड अवधारणामा निर्माणाधीन तीन जलविद्युत् आयोजनामध्ये यो आयोजना पहिलो आयोजना रहेको विज्ञप्तिमा उल्लेख छ।

    ‘मनाङ र लमजुङमा अवस्थित अन्य दुई आयोजनामा १३९.२ मेगावाट क्षमताको लोअर मनाङ–मर्स्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाट क्षमताको अपर मस्र्याङ्दी–२ जलविद्युत् आयोजना छन्,’ विज्ञप्तिमा भनिएको छ।यी तीनवटै आयोजनाको कुल जडित क्षमता ६०१.२ मेगावाट र कुल लागत एक अर्ब २० करोड अमेरिकी डलर रहनेछ। प्रत्येक आयोजना छुट्टाछुट्टै कम्पनीमार्फत निर्माण गरिने जनाइएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend