झापाः राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापास्थित दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्र अन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ।
सर्वोच्च अदालतले २०८० चैत १३ मा बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो। त्यसैको आधारमा काठमाडौं विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो।
चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो। हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जन सम्पर्क अधिकृत प्रमेश गिरीले बताए।
उनका अनुसार पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको छ।
कलेजले मेचीनगर नगरपालिकाः १२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि बिर्तामोड नगरपालिकाः ५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको छ।
कलेजमा एक सय ५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने व्यवस्था मिलाइएको छ।




.gif)





