images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • काठमाडौंका यी स्थानमा आज ७ घण्टा...

काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरूद्ध

काठमाडौंका यी स्थानमा आज ७ घण्टा विद्युत् अवरूद्ध

images
images
शनिवार, मंसिर ८ २०८१
शनिवार, मंसिर ८ २०८१
  • काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार पाँच देखि साढे ६ देखि ७ घण्टा सम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले रत्नपार्क वितरणको केन्द्रको न्यूरोड फिडर, महाबौद्ध फिडर र कालीमाटी फिडर अन्तर्गतका विभिन्न स्थानहरूमा बिहान देखि अपराह्न सम्म विद्युत् अवरुद्ध हुने जनाएको छ ।

    images
    images

    न्युरोड फिडर अन्तर्गत पर्ने संकटा, न्युरोड गेट, पिपल बोट, गोरखा पत्र संस्थान, भूगोल पार्क, दमकल गेट, वसन्तपुर डवली, झोसे, ओमबहाल, हनुमानढोका लगायतका क्षेत्रमा बिहान साढे आठ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।

    त्यस्तै महाबौध्द फिडर अन्तर्गत पर्ने महाबौद्ध सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सव स्टेशन भित्र, विशाल बजार अगाडि, गणेश स्थान ट्रमा हस्पिटल पछाडी केबुल हेडसम्म बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजे सम्म विद्युत् अवरूद्ध हुनेछ ।

    images
    images

    कालीमाटी फिडर अन्तर्गत पर्ने टेकु नेशनल ट्रेडिङ्ग हुदैं हनुमन्त भिमसेन स्थान, परोपकार, रामघाट, शान्ति निकेतन स्कुल, मरुहिटी, ढोकाटोल, नरदेवी हस्पिटल अगाडि, टंगाल, भुरुङ्ग खेल क्षेत्रमा पनि बिहान ८ बजेदेखि दिउँसो २ बजे सम्म विद्युत प्राधिकरणले जनाएको छ ।

    ती क्षेत्रहरूमा बांगो पोल सिधा गर्ने र जीर्ण भएका पोल तथा ट्रान्सफर्मर बदली गर्नका लागि फिडर सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend