images

२०८३ आश्विन १७ गते

images
images
images

चार महिनामा झन्डै १४ अर्ब रुपैयाँको स्मार्टफोन आयात

चार महिनामा झन्डै १४ अर्ब रुपैयाँको स्मार्टफोन आयात

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा रु. १३.४ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ। भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको पहिलो चार महिनाको वैदेशिक व्यापार तथ्यांकअनुसार नेपालले आठ लाख २७ हजार ९२५ युनिट स्मार्टफोन आयात गरेको हो।

    images
    images

    यसमा सबैभन्दा बढी चीनबाट रु. ९.१९ अर्ब बराबरको स्मार्टफोन आयात भएको छ। यो कुल मोबाइल आयातको लगभग दुई-तिहाई हो। भारतबाट रु. ४.०२ अर्ब बराबरको स्मार्टफोन आयात गरिएको विभागको तथ्यांक छ।

    सरकारले स्मार्टफोन आयातबाट रु. २.४९ अर्ब राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०८०/८१ मा १८.३ लाख युनिट स्मार्टफोन आयात भएको थियो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend