images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स...

सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स सम्मानित

सबैभन्दा बढी आयकर बुझाउने सीजी मोटर्स सम्मानित

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  •  काठमाडौं । आन्तरिक राजश्व कार्यालय ललितपुरले सीजी मोटर्स प्रा.लि.लाई सबैभन्दा बढी आयकर बुझाउने कम्पनीका रूपमा सम्मान गरेको छ ।

    images
    images

    राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा, आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको उपलब्धिका लागि सीजी मोटर्सलाई यो सम्मान प्रदान गरिएको हो ।

    कार्यक्रममा आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत नवराज पन्थीले चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीलाई खादा र सम्मानपत्र प्रदान गर्दै कम्पनीको योगदानको प्रशंसा गरे । करप्रतिको जिम्मेवारी र पारदर्शितामा सीजीको योगदान उदाहरणीय रहेको उनले बताए ।

    images
    images

    सम्मान लिँदै निर्वाण चौधरीले आफ्नो चौधरी ग्रूप समूहले देशको कुल सरकारी राजस्वको २ प्रतिशत योगदान गर्न सफल भएकोमा सन्तोष व्यक्त गर्दै आगामी दिनमा राष्ट्रको आर्थिक र सामाजिक विकासमा अझ योगदान गर्ने प्रतिबद्धता जनाए ।

    सीजी मोटर्सको यो उपलब्धिले कर प्रणालीप्रतिको जिम्मेवारी र व्यवसायिक इमानदारीको राम्रो उदाहरण प्रस्तुत गरेको छ ।चौधरी ग्रूप राष्ट्रको कुल राजस्वमा २ प्रतिशत योगदान गर्दै आर्थिक विकासको सहयात्री बनेको छ। मुलुकमा व्यवसायिक सफलता र सामाजिक उत्तरदायित्वको सन्तुलन कायम राख्दै अग्रणी भूमिका खेलिरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend