images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • ऊर्जा दक्षता प्रवर्द्धन निमित्त अनुुदान योजना...

ऊर्जा दक्षता प्रवर्द्धन निमित्त अनुुदान योजना शुरु

ऊर्जा दक्षता प्रवर्द्धन निमित्त अनुुदान योजना शुरु

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौँ । नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रम–नेपालमा दिगो ऊर्जामार्फत् पुर्नप्राप्ति एवं सशक्तिकरण कार्यक्रमअन्तर्गत आजदेखि नेपालमा उद्योग तथा व्यवसायमा ऊर्जा दक्षताको प्रवर्द्धन निमित्त अनुदान योजना प्रारम्भ भएको छ ।

    images
    images

    राष्ट्रिय वाणिज्य बैंक लिमिटेड व्यवस्थापक रहेको यस अनुदान योजनाको प्रमुख उद्देश्य, उद्योग तथा व्यवसायहरूलाई ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्न प्रोत्साहन गर्नु हो । यस पहलको प्रमुख उद्देश्य उद्योग तथा व्यवसायहरुमा ऊर्जाको दक्ष उपयोग वाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढावा दिनुको साथमा कार्वन उत्सर्जन घटाउनु समेत हो ।

    यस पहल अन्तर्गत ऊर्जा परिक्षकवाट सिफारिस भएका ऊर्जा दक्षताका उपायहरु कार्यान्वयनमा प्रोत्साहन दिन राष्ट्रिय वाणिज्य बैंक मार्फत् आंशिक अनुुदान उपलब्ध गरिने छ  । अनुदान संचालन निर्देशिका अनुसार  आशिंक अनुदान, ऊर्जा दक्षताका उपायहरुमा कुल आवश्यक  लगानीको एक निश्चित प्रतिशन हुनेछ । अनुदानको निमित्त योग्य हुन उद्योग ब्यवसायहरुले मर्र्यािदत कामका सिद्धान्त तथा वातावरणिय मापदण्डहरु समेत अबलम्बन गरेको हुनुपर्नेछ ।  यस पहलले उद्योग तथा व्यवसायहरूमा ऊर्जा दक्षताका उपायहरु अवलम्बन गर्दा देखिने वित्तिय समस्यालाई सम्बोधन गरि ऊर्जा दक्षताका प्रविधिहरुमा लगानी गर्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ । यसरी यस पहल मार्फत ऊर्जा दक्षताको महत्वपूूर्ण पक्ष मानिने ऊर्जा लागतमा कटौतीका साथै  पर्यावरणीय लाभ तथा विदेशी विनिमयको संचितीमा समेत टेवा पुग्ने देखिन्छ । 

    images
    images

    साथै, यस अनुुदान योजनाको शुरुआतले नेपालको औद्योगिक र व्यावसायिक क्षेत्रमा ऊर्जाको दक्ष प्रयोगमा रहेको सचेतना एवं कार्यान्वयन बीचमा रहेको खाडल पुर्नका लागि महत्वपूर्ण कदम हुनेछ । यसले दिगो ऊर्जा अभ्यासलाई बढावा दिन, चक्रिय अर्थतन्त्रका सिद्धान्तलाई एकिकृत गर्न र उद्योग तथा व्यवसायहरूमा मर्यादित कामको अभ्यासलाई समेत प्रोत्साहित गर्नेजस्ता व्यापक लक्ष्यलाई समेट्छ । यस अनुदान पहलको शुुभारम्भले नेपालको स्थायी ऊर्जा समाधान प्रतिको प्रतिवद्धतालाई रेखांकित गर्नेछ, जसले उद्योगहरूलाई ऊर्जा संरक्षण, जलवायुु–अनुकूल अभ्यासमा योगदान पुर्‍याउन तथा मर्यादित कामका सिद्धान्त अवलम्बन गर्न व्यावहारिक मार्ग प्रदान गर्नेछ ।

    जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बिएमजेड) तथा युरोपियन युनियनको आर्थिक सहयोगमा ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयद्वारा संचालित यस  कार्यक्रममा जर्मन विकास सहयोग–जिआईजेडले प्राविधिक सहयोग पुर्‍याउँदै आएको छ ।नेपालमा नवीकरणीय ऊर्जा र ऊर्जा दक्षताका पहलहरूलाई प्रवर्द्धन गर्न आवश्यक पर्ने नियामक, संस्थागत संरचना एवं नीजि क्षेत्रको सहभागिताको निमित्त उचित स्थिति निर्माण गर्ने तथा ऊर्जाको दिगो उपयोग तथा उत्पादनलाई बढावा दिने उद्देश्य रहेको यस कार्यक्रम अन्तर्गत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले उद्योग तथा व्यवसायहरुमा ऊर्जा प्रवर्द्धनको निमित्त उपलब्ध हुने अनुदानको व्यवस्थापन गर्दछ ।  

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend