images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न...

नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी

नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौँ, नेपाल – स्पाई ओभरसिज र बर्मिङ्घम सिटी युनिभर्सिटी (BCU) को संयुक्त आयोजनामा बौद्धनगरस्थित आरम्भ रेस्टुरेन्ट एण्ड बारमा प्रेस मिट सम्पन्न भयो। कार्यक्रममा नेपाली विद्यार्थीहरूका लागि बेलायतमा अध्ययन गर्न पाइने विशेष छात्रवृत्ति अवसरबारे जानकारी प्रदान गरियो। स्नातक, स्नातकोत्तर, र मास्टर्स अफ रिसर्च (MRes जस्ता विशेष कार्यक्रमहरूमा आवेदन दिने अवसरबारे चर्चा गरियो, जसमा विद्यार्थीहरूले आफ्ना आश्रितहरूलाई पनि समावेश गर्न सक्ने सुविधा रहेको बताइएको छ।
    बर्मिङ्घम सिटी युनिभर्सिटीका भारत तथा नेपालका कन्ट्री हेड श्रीष्टी बिर्लाले युनिभर्सिटीले विश्वस्तरिय शिक्षा, नविनतापूर्ण सिकाइ वातावरण, र विविधतायुक्त क्याम्पस समुदाय प्रदान गर्ने उल्लेख गरिन्। उनले भनिन्, “BCU अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि उत्कृष्ट गन्तव्य हो, जसले भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान दिन्छ।”स्पाई ओभरसिज, शिक्षा परामर्श क्षेत्रमा स्थापित संस्था, यस कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गर्ने मुख्य भूमिका खेलेको थियो। विद्यार्थीहरूलाई सल्लाह दिने र सरल आवेदन प्रक्रियामा सहायता गर्ने स्पाई ओभरसिजले बर्मिङ्घम सिटी युनिभर्सिटीसँगको सहकार्यबाट थप अवसरहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको बतायो। स्पाई ओभरसिजका प्रिन्सिपल एडभाइजर सुवांसु उप्रेतीले भने, “हाम्रो सहकार्यले नेपाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा र छात्रवृत्तिको पहुँच दिन महत्त्वपूर्ण योगदान पुर्याउँछ।”कार्यक्रमले उपस्थित विद्यार्थीहरूलाई प्रवेश प्रक्रिया, छात्रवृत्ति, र शैक्षिक अवसरहरूबारे विस्तृत जानकारी प्रदान गर्यो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend