images

२०८३ आश्विन २२ गते

images
images
images

यस वर्ष रामेछापमा २३ करोड रुपैयाँको जुनार बिक्री हुने अनुमान

यस वर्ष रामेछापमा २३ करोड रुपैयाँको जुनार बिक्री हुने अनुमान

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौं । गएका वर्षहरूभन्दा यस वर्ष रामेछापमा जुनार उत्पादनमा वृद्धि भएको छ । उत्पादन बढेसँगै जुनार बिक्रीबाट २२ करोड ६८ हजार रुपैयाँ आम्दानी हुने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले अनुमान गरेको छ ।

    images
    images

    यस वर्ष समयसयममा पानी परेको र जुनारका बोटमा समेत किरा नलागेका कारण गएको वर्ष भन्दा यस वर्ष जुनार उत्पादनमा वृद्धि भएको हो । यस वर्ष चार हजार पाँच सय ३६ मेट्रिक टन जुनार उत्पादन हुने अनुमान छ ।

    गएको वर्ष चार हजार पाँच सय मेट्रिक टन जुनार उत्पादन भएको थियो । रामेछापमा अहिले पाँच सय ४० हेक्टर जमिनमा जुनार खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापका सूचना अधिकारी विनिसा श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images

    उहाँका अनुसार  यस वर्ष रामेछापमा पाँच सय ४० हेक्टरमध्ये ६० प्रतिशत फल दिन बोट रहेको र किसानले प्रतिकिलो ५० रुपैयाँका दरले बगैँचाबाट नै बिक्री गर्दा पनि २२ करोड ६८ हजार रुपैयाँ बराबरको जुनार बिक्री हुन्छ ।

    गएको वर्षको भन्दा जुनार उत्पादनमा धेरै राम्रो भएकाले किसानले यस वर्ष अमिलो जातका जुनारसँगै सुन्तला, कागती र भोगटे उत्पादनमा पनि वृद्धि भएको छ । रामेछापमा अहिले कृषि कार्यालय र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले केही वर्षदेखि किसानलाई अमिलो जातका फलफूल खेतीमा प्रोत्साहित गर्दै आएको छ ।

    त्यस्तै निःशुल्क प्राविधिक सहयोग, सिँचाइ, बिरुवा, विषादीमा अनुदान तथा बजार व्यवस्थापनमा ५० देखि ७५ प्रतिशतसम्म सहयोग गर्दै आएको छ । रामेछापको विभिन्न गाउँमा किसानहरूले व्यावसायिक रूपमा जुनार खेती गर्दै आएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend