images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • आज कुन तरकारी तथा फलफूलको मूल्य...

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधवारका लागि मूल्य सूची प्रकाशित गरेको छ । जसअनुसार आज टनेल गोलभेँडाको भाउ प्रतिकेजी ११० रुपैयाँ पुगेको छ । त्यस्तै, लोकल सानो गोलभेँडा प्रतिकेजी ८० रुपैयाँ, रातो आलु ७७ रुपैयाँ ६७ पैसा, भारतीय रातो आलु ५८ रुपैयाँ ३३ पैसा र सुकेको प्याज १०७ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । 

    images
    images

    यसै गरी, लोकल गाजर प्रतिकेजी १४५ रुपैयाँ, तराई गाजर १३५ रुपैयाँ, लोकल बन्दा ६५ रुपैयाँ, स्थानीय काउली ९५ रुपैयाँ, तराई काउली ८५ रुपैयाँ, तने बोडी १४५ रुपैयाँ, मकै बोडी ७५ रुपैयाँ, मटरकोशा ११० रुपैयाँ, टाटे सिमी ८५ रुपैयाँ, तितो करेला ९५ रुपैयाँ र लौका ९५ रुपैयाँ निर्धारण गरिएको छ । 

    त्यस्तै, रायोको साग प्रतिकेजी ५५ रुपैयाँ, पालूगो साग ९५ रुपैयाँ, बकुला, मेथी र चमसूरको साग ११० रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, कुरिलो ११५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, कन्य च्याउ २१६ रुपैयाँ ६७ पैसा र डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा तोकिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend