काठमाडौँ — मेटलाइफ फाउन्डेसनले गैरनाफामूलक तीन संस्थालाई २ लाख ३८ हजार अमेरिकी डलर सहयोग गरेको जनाएको छ । फाउन्डेसनले स्थानीय समुदायमा गम्भीर समस्यालाई सम्बोधन गर्ने गैरनाफामूलक संस्थाहरूलाई सहयोग गर्ने प्रयासस्वरूप सामुदायिक प्रभाव अनुदान कार्यक्रम (सीआईजीपी) नेपालमा विस्तार गरेको जानकारी दिएको छ ।
भोकमरी राहत र पोषण, शारीरिक र मानसिक स्वास्थ्य तथा वातावरणीय दिगोपनमा नेपालमा काम गरिरहेका तीन संस्थाहरूलाई अनुदान प्राप्तकर्ताका रूपमा छनोट गरिएको फाउन्डेसनले जनाएको छ ।
जसमा एक्सन अगेन्स्ट हंगरले एक लाख, निवास गैरनाफामूलक संस्थाले ८८ हजार र सोलुचामले ५० हजार अमेरिकी डलर प्राप्त गरेका छन् ।




.gif)





