images

२०८३ आश्विन २२ गते

images
images
images

पहिलो त्रैमासमा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

पहिलो त्रैमासमा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ पहिलो त्रैमासमा विप्रेषण आप्रवाह ११.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको विवरणअनुसार चालु गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ ।

    images
    images

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको हो । गत असोज मसान्तसम्ममा खुद ‘ट्रान्सफर’ चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय चार खर्ब चार अर्ब सात करोडमा सीमित थियो ।

    असोज मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या एक लाख १० हजार छ सय ५४ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ५९ हजार नौ सय ३९ पुगेको थियो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend