images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव...

शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव सम्पन्न, ११ जना कर्मचारीलाई सुनको सिक्का

शिखर इन्स्योरेन्सको २० औं वार्षिक उत्सव सम्पन्न, ११ जना कर्मचारीलाई सुनको सिक्का

images
images
मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • काठमाडाैं । शिखर इन्स्योरेन्स कम्पनीको २०औं वार्षिक उत्सव समारोह विविध कार्यक्रमसहित भव्य रुपमा सम्पन्न भएको छ ।कम्पनीले वार्षिकोत्सवको अवसरमा २० वर्ष भन्दा बढी समयदेखि कार्यरत ११ जना कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरेको छ ।

    images
    images

    कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको छ।कम्पनीले आफ्नो २० वर्षको समयमा विभिन्न ऐतिहासिक सफलता हासिल गरेको छ । जसमा नेपाली निर्जीवन बीमा क्षेत्रमा १०० करोडदेखि ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बन्न सफल भएको छ।बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा शिखर इन्स्योरेन्सले ओगटेको छ । यस अवधिमा कम्पनीले २० अर्ब रुपैयाँभन्दा बढीको दावी भुक्तानी गरेको छ ।

    कम्पनीले विभिन्न विपद् आएको समयमा पनि दावी भुक्तानीमा अग्रसर रहदै आएको छ । साथै, २० वर्षको अवधिमा एक लाख भन्दा बढी दावी भुक्तानी दिएको छ ।साथै, कम्पनीले २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान गरेको इतिहास छ । मर्जर विना २ अर्ब ५० करोडको चुक्ता पुँजी पुर्‍याउने पहिलो बीमा कम्पनी पनि शिखर इन्स्योरेन्स बनेको छ ।बीमा क्षेत्रमा १ सयभन्दा बढी शाखा संजाल विस्तर गर्ने र ६०० भन्दा अधिका मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी समेत बनेको छ।

    images
    images

    शिखर इन्स्योरेन्स २० वर्षको समयमा ६ पटक सम्म नेपालको बेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी तथा बेष्ट इन्स्योरेन्स कम्पनीका रुपमा सम्मानित भएको छ।त्यस्तै, मानव संसाधनको विकासका लागि कर्पोरेट एक्सेलेन्स अवार्ड बाट सम्मानित, बीमा क्षेत्रमा सबैभन्दा बढी कर भुक्तानी गरेकोले आन्तरीक राजश्व विभागबाट सम्मानित, कृषि तथा बाली बीमाको बीमा दाबी भुक्तानीका लागि नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीका रुपमा सम्मानित र नेपाल पुनर्बीमा कम्पनीबाट सबै भन्दा बढी नाफामुलक पुनर्बीमा गरेकोमा सम्मानित भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend