images

२०८३ कार्तिक १५ गते

images
images
images
  • समाचार
  • भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय...

भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन

भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालय बिहान ९ देखि दिउँसो ४ बजेसम्म सञ्चालन

images
images
आइतवार, कार्तिक १५ २०८३
आइतवार, कार्तिक १५ २०८३
  • काठमाडौं, कात्तिक १५ । जाडोयाम सुरु भएसँगै सरकारले भोलि कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन गर्ने भएको छ। नयाँ समयतालिकाअनुसार सरकारी कार्यालय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछन्।

    images
    images

    नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायमा नयाँ समय लागू हुनेछ।

    यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। नयाँ व्यवस्थासँगै कार्यालय समय दैनिक एक घण्टा घट्नेछ।

    images
    images

    सरकारको निर्णयअनुसार शैक्षिक संस्थाको हकमा भने यो समयतालिका लागू हुने छैन। जाडोयामको अवधिभर सरकारी कार्यालय तथा सम्बन्धित सार्वजनिक निकायले बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा प्रवाह गर्नेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend