images

२०८३ कार्तिक १३ गते

images
images
images

सल्यानमा पहिलोपटक केसर खेती,

सल्यानमा पहिलोपटक केसर खेती,

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • सल्यान । सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका–३, चिनालीका किसान शेरबहादुर पुनले व्यावसायिक सम्भावना बोकेको केसर खेती सुरु गरेका हुन्। परीक्षणका क्रममा उत्पादन राम्रो भएपछि उनले यस वर्ष झन्डै आधा रोपनी क्षेत्रफलमा खेती विस्तार गरेका छन्।

    images
    images

    परम्परागत खेतीबाट आम्दानी लिन लामो समय कुर्नुपर्ने भए पनि केसर खेतीबाट तुलनात्मक रूपमा छोटो समयमै आम्दानी लिन सकिने सम्भावना देखेपछि आफू यसतर्फ आकर्षित भएको किसान पुनले बताए।

    उनले गत वर्ष परीक्षणका रूपमा केसर खेती गरेका थिए। परीक्षण सफल भएपछि यस वर्ष खेती विस्तार गरेका हुन्। पुनका अनुसार यस वर्ष उत्पादित १६ ग्राम केसर प्रतिग्राम एक हजार रुपैयाँका दरले बिक्री भएको छ। थोरै क्षेत्रफलमा उत्पादन भएको केसरले समेत राम्रो मूल्य पाएपछि आफू उत्साहित भएको उनले बताए।

    images
    images

    वनस्पति अनुसन्धान केन्द्रको सहयोग

    केसर खेती सुरु गर्न वनस्पति अनुसन्धान केन्द्र, कपुरकोटले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ। नयाँ र सम्भावनायुक्त खेतीका रूपमा केसरलाई प्रवर्द्धन गर्न सके स्थानीय किसानका लागि यो आम्दानीको वैकल्पिक स्रोत बन्न सक्ने वनस्पति अनुसन्धान केन्द्र, मूलपानी कपुरकोटका प्रमुख डा. मित्र पाठकले बताए।

    उनका अनुसार केसर बहुमूल्य मसला तथा औषधीय प्रयोजनमा प्रयोग हुने वनस्पति हो। यसको उच्च बजारमूल्यका कारण खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउन सहयोग पुग्न सक्छ।

    तर केसरको व्यावसायिक उत्पादन विस्तार गर्न उपयुक्त हावापानी, खेती प्रविधि, गुणस्तरीय बीउ तथा बजारको सुनिश्चितता आवश्यक रहेको डा। पाठकले बताए।

    उच्च मूल्यको कृषि उपजतर्फ आकर्षण

    सल्यानमा सुरु गरिएको केसर खेती सफल भए जिल्लामा नयाँ कृषि उत्पादनको सम्भावना खुल्ने अपेक्षा गरिएको छ। यसले परम्परागत खेतीमा निर्भर किसानलाई उच्च मूल्यका कृषि उपज उत्पादनतर्फ आकर्षित गर्न सक्ने देखिएको छ।

    किसान पुनले आगामी दिनमा उत्पादन र आम्दानीको सम्भावना मूल्याङ्कन गर्दै खेती विस्तार गर्ने योजना बनाएका छन्। केसर खेतीलाई व्यावसायिक रूपमा अघि बढाउन उत्पादनको निरन्तरता, उपयुक्त प्रविधि र बजार व्यवस्थापन महत्त्वपूर्ण हुने देखिन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend