images

२०८३ कार्तिक १३ गते

images
images
images

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरामा किबीखेती विस्तार

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • डडेल्धुरा, १२ कात्तिक । जिल्लामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती विस्तारसँगै व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।  

    images
    images

    कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा हाल २३ हेक्टर क्षेत्रफलमा किबीखेती भइरहेको छ । गत आर्थिक वर्षमा जिल्लामा १९ मेट्रिकटन किबी उत्पादन भएको केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरुले बताएका छन्। अघिल्लो वर्ष १९ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १० मेट्रिकटन किबी उत्पादन भएको उनले बताएका छन्।

    उत्पादन बढ्दै गए पनि किबीको बजार मूल्य भने घट्दै गएको किसान बताउँछन् । अमरगढी नगरपालिका–३ चिर्किट्टेका किसान प्रजापति पनेरुका अनुसार पाँच वर्षअघि प्रतिकिलो ४०० रुपैयाँभन्दा बढीमा बिक्री हुने किबीको मूल्य अहिले घटेर १५० रुपैयाँसम्म पुगेको छ । कैलाली र कञ्चनपुरलगायत बजारमा व्यापारीले किसानको बारीबाटै किबी खरिद गरेर लैजाने गरेका छन् ।

    images
    images

    आलिताल गाउँपालिका–२ लामिटँुडाका लक्ष्मण थापामगरले २०७२ सालमा दोलखाबाट ११६ वटा किबीका बिरुवा ल्याएर खेती सुरु गर्नुभएको थियो । अहिले उनको बगैँचामा ३०० भन्दाबढी किबीका बोट छन् । खेतीसँगै उनले किबीको नर्सरीसमेत सञ्चालन गर्दै आउएका छन्। गत वर्ष उहाँले ७५ क्विन्टल किबी बिक्री भएको थियो ।

    त्यस्तै, नेपाली सेनाबाट अवकाशपछि अमरगढी नगरपालिका–२ कुस्मालीका खडक थापामगर पनि किबीखेती र नर्सरी व्यवसायमा संलग्न भएको छ । उनले रातो र पहेँलो किबीको बिरुवा प्रतिगोटा २०० रुपैयाँ तथा हरियो किबीको बिरुवा १५० रुपैयाँमा बिक्री गर्दै आएका छन्।

    किबीखेतीलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्रले बगैँचा व्यवस्थापन, थाक्रा निर्माण, मल तथा बिरुवा खरिदमा ५० प्रतिशत अनुदान सहयोग गर्दै आएको छ । केन्द्रका अनुसार गत आवमा किबी बगैँचा व्यवस्थापन तथा प्रवर्द्धनका लागि १५ लाख रुपैयाँ खर्च गरिएको थियो ।

    किबीखेती विस्तार हुँदै गए पनि उत्पादनको उचित मूल्य र बजार व्यवस्थापन किसानका लागि चुनौती बनेको छ । उत्पादन बढेसँगै बजार विस्तार र मूल्य सुनिश्चित गर्नसके जिल्लामा किबी खेतीलाई थप व्यावसायिक बनाउन सकिने किसानहरु बताउँछन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend