काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि बैंकको आगामी वार्षिक साधारणसभामा पारित गरिनेछ। साधारणसभाबाट पारित भएपछि सेयरधनीले उक्त लाभांश प्राप्त गर्नेछन्।
बैंकले बोनस सेयरमार्फत चुक्ता पुँजी वृद्धि गर्ने तथा नगद लाभांशमार्फत सेयरधनीलाई प्रतिफल प्रदान गर्ने प्रस्ताव अघि सारेको हो।




.gif)





