images

२०८३ आश्विन १९ गते

images
images
images

आइएमई लिमिटेडले आईपीओ जारी गर्ने

आइएमई लिमिटेडले आईपीओ जारी गर्ने

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौँ - आइएमई लिमिटेडले आईपीओको प्रस्ताव सहित मंसिर २४ गते सोमबार २४ औं वार्षिक साधारणसभा बोलाएको छ।

    images
    images

    कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिले काठमाडौंको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्समा अपरान्ह ४ बजे सभा बस्ने निणर्य गरेको हो।

    उक्त सभाले सर्वसाधारणलाई शेयर (आईपीओ) जारी गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

    images
    images

    साथै, गत आर्थिक वर्षको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समिति चयन गर्ने र लाभांश वितरण गर्ने लगायतका एजेण्डाहरू पनि समावेश छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend