images

२०८३ कार्तिक १४ गते

images
images
images
  • प्रविधि
  • प्राविधिक समस्याका कारण नेपाल प्रहरीका केही...

प्राविधिक समस्याका कारण नेपाल प्रहरीका केही अनलाइन सेवा अवरुद्ध

प्राविधिक समस्याका कारण नेपाल प्रहरीका केही अनलाइन सेवा अवरुद्ध

images
images
बुधवार, कार्तिक ११ २०८३
बुधवार, कार्तिक ११ २०८३
  • काठमाडौँ, १२ कात्तिक । प्राविधिक समस्याका कारण नेपाल प्रहरीका वेबसाइटसहित केही अनलाइन सेवा अस्थायी रूपमा अवरुद्ध भएका छन्।

    images
    images

    नेपाल प्रहरीले सूचना जारी गर्दै वेबसाइट, नेपाल प्रहरी मोबाइल एप, अनलाइन भर्ना छनोट प्रणाली, अनलाइन ट्राफिक नियम उल्लङ्घन जरिवाना भुक्तानी प्रणालीलगायतका सेवामा अवरोध आएको जनाएको छ।

    प्रहरीका अनुसार प्राविधिक समस्या समाधान गर्ने क्रममा ती सेवाहरू प्रभावित भएका हुन्। सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति नेपाल प्रहरीले क्षमायाचना गरेको छ।

    images
    images

    प्रहरीले सेवा पुनः सञ्चालनमा आउने समयबारे भने सूचनामा उल्लेख गरेको छैन। अनलाइन सेवाहरू प्रभावित भएपछि सम्बन्धित कामका लागि डिजिटल प्रणालीमा निर्भर सेवाग्राही प्रभावित हुन सक्नेछन्।

    नेपाल प्रहरीले सेवा अवरुद्ध भएको जानकारी सार्वजनिक गर्दै असुविधाप्रति क्षमायाचना गरेको छ।

    May be an image of text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend