images

२०८३ कार्तिक ८ गते

images
images
images
  • प्रविधि
  • पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि केही...

पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

images
images
शुक्रवार, कार्तिक ७ २०८३
शुक्रवार, कार्तिक ७ २०८३
  • काठमाडौं । पीएचपी (PHP) प्रविधिमा गम्भीर सुरक्षा जोखिम देखिएपछि सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडीओसी) ले केही सरकारी वेबसाइट तथा प्रणालीहरू अस्थायी रूपमा बन्द गरेको छ।

    images
    images

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको केन्द्रका अनुसार ‘PHP टू शेल’ नामक सुरक्षा जोखिमका कारण सर्भरमा अनधिकृत कोड सञ्चालन हुन सक्ने खतरा देखिएको हो।

    सीभीएसएस ९.२ रेटिङ प्राप्त दुई सुरक्षा त्रुटिका कारण सम्भावित साइबर आक्रमणको जोखिम बढेपछि सावधानीस्वरूप केही प्रणाली अस्थायी रूपमा बन्द गरिएको केन्द्रले जनाएको छ।

    images
    images

    केन्द्रले जोखिम न्यूनीकरणका लागि सुरक्षा प्याच अद्यावधिक गर्ने, प्रणाली परीक्षण गर्ने तथा सुरक्षा प्रमाणीकरण गर्ने काम अघि बढाएको छ।

    आवश्यक सुरक्षा प्रक्रिया पूरा भएपछि बन्द गरिएका वेबसाइट तथा प्रणालीहरू चरणबद्ध रूपमा पुनः सञ्चालनमा ल्याइने केन्द्रले जारी गरेको सूचनामा उल्लेख छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend