images

२०८३ कार्तिक १२ गते

images
images
images
  • समाचार
  • एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले दिने भयो...

एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले दिने भयो चाँदीको बल

एनपीएलमा उत्कृष्ट खेलाडीलाई एक्स्ट्रिमले दिने भयो चाँदीको बल

images
images
मंगलवार, कार्तिक १० २०८३
मंगलवार, कार्तिक १० २०८३
  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई एक्स्ट्रिम इनर्जी ड्रिङ्कले चाँदीको बल प्रदान गर्ने भएको छ। खेलाडीको कौशल, मेहनत र व्यक्तिगत प्रदर्शनको सम्मान गर्ने उद्देश्यले कम्पनीले ‘एक्स्ट्रिम म्यान अफ द म्याच’ पुरस्कार अन्तर्गत उक्त पहल सुरु गरेको हो।

    images
    images

    आठ टोली सहभागी एनपीएलमा एक्स्ट्रिमले सात टोलीसँग प्रायोजन साझेदारी गरेको छ। प्रायोजित टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिने कम्पनीले जनाएको छ। एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले उक्त सम्मान प्राप्त गर्नेछन्।

    यस पहलले खेलको नतिजासँगै खेलाडीको व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिने अपेक्षा गरिएको छ।

    images
    images

    एनपीएलको पहिलो खेलबाटै चाँदीको बल पुरस्कार वितरण सुरु भइसकेको छ। सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेलमा उत्कृष्ट प्रदर्शन गरेका शेर मल्ल चाँदीको बल प्राप्त गर्ने पहिलो खेलाडी बनेका छन्।

    उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्दै उनीहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना विकास गर्ने लक्ष्य एक्स्ट्रिमले लिएको छ। कम्पनीको यस पहलले एनपीएलको रोमाञ्च बढाउनुका साथै नेपाली क्रिकेटप्रतिको आकर्षण र समर्थकको उत्साह थप बढाउने अपेक्षा गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend