images

२०८३ आश्विन २६ गते

images
images
images
  • बजार
  • घट्यो सुनचाँदीको भाउ, आज तोलाको कतिमा...

घट्यो सुनचाँदीको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको भाउ, आज तोलाको कतिमा हुँदैछ कारोबार ?

images
images
आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुन–चाँदीको भाउ ओरालो लागेको छ। अघिल्लो कारोबार दिन (शुक्रबार) प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ नै घटेको छ ।

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार एक सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ ।

    आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ६३ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend