images

२०८३ कार्तिक ९ गते

images
images
images

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • कर्णाली, ८ कात्तिक । कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । 

    images
    images

    नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो । जसमा सबैभन्दा बढी सुर्खेतमा मादकपदार्थ सेवन गरी चलाएका ६३८ सवारी साधनलाई कारबाही गर्दा रु पाँच लाख ८२ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी बिसीले बताएका छन् । 

    उनका अनुसार सल्यानमा २२२ सवारी साधन कारबाही हुँदा रु दुई लाख १८ हजार ५००, रुकुमपश्चिममा १२७ सवारीसाधनबाट रु एक लाख ४५ हजार, दैलेखमा ९९ सवारी साधनबाट रु ९४ हजार, जुम्लामा ६७ सवारीसाधनबाट रु ७३ हजार, जाजरकोटमा ६८ सवारीसाधनबाट रु ६१ हजार ५००, कालीकोटमा ८२ र डोल्पामा १८ सवारीसाधनबाट रु १७र१७ हजार, हुम्लामा १५ सवारीसाधनबाट रु १५ हजार र मुगुमा तीन सवारीसाधन कारबाही गर्दा रु दुई हजार राजस्व सङ्कलन भएको छ ।

    images
    images

    मादकपदार्थ सेवन गरी गाडी चलाउने सुर्खेतमा १५७, सल्यानमा ४६, दैलेखमा १७, रुकुम पश्चिममा नौ, जुम्लामा सात, कालीकोटमा पाँच, जाजरकोटमा चार र डोल्पामा एक गरी २४६ जनालाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend