काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निजी तथा धार्मिक भ्रमणका लागि आज शुक्रबार भारत जाने भएका छन्।
लामिछानेको निजी सचिवालयका अनुसार उनी धनगढी हुँदै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा उनले भारतको उत्तराखण्डस्थित नैनीतालमा रहेको कैँचीधाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाआजा गर्नेछन्।
तीन दिनको धार्मिक तथा पारिवारिक भ्रमण पूरा गरी लामिछाने स्वदेश फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।





.gif)





