images

२०८३ कार्तिक ७ गते

images
images
images

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

images
images
शुक्रवार, कार्तिक ७ २०८३
शुक्रवार, कार्तिक ७ २०८३
  • काठमाडौँ, ६ कात्तिक । विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादसीमा पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ ।
     
    नवदुर्गाको प्रसादका रूपमा आज पनि मान्यजनका हातबाट टीका र जमरा लगाएर बडादसैँ मनाइएको छ । विजया दशमीमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मान्यजनहरुबाट आशीर्वाद लिने गरिन्छ ।
     
    गत बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजयादशमी हो । त्यसदिन टीका थाप्न नभ्याएका तथा अन्यत्र आफन्त एवं मान्यजनकहाँ जानुपर्नेहरुले बिहीबार एकादशी र आज पनि आफन्त तथा मान्यजनकहाँ पुगेर विजयादशमीको टीका थापिरहेका छन् । 
     
    बडादसैँको टीकाको मुख्य दिन बुधबार भए पनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट नवदुर्गा भवानीको प्रसादका रूपमा टीका र जमरा लगाउने र दसैँ मनाउने प्रचलन रहिआएको छ ।
     
    विजयादशमीको तेस्रो दिन आज सर्वसाधारणको चहलपहल काठमाडौँ उपत्यकामा केही बढेको देखिएको छ । दसैँमा सुनसान रहेको काठमाडौँ उपत्यकामा आफन्त र मान्यजनकहाँ टीका लगाएर फर्कनेहरुको सङ्ख्या बढेसँगै चहलपहल बढेको देखिन्छ ।  
     
    काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन हिजोका तुलनामा आज बढी नै सञ्चालन भएका छन् । यसबाट नागरिकलाई टीका थाप्न जानका लागि पनि सहज भएको छ ।
     
    बाहिरबाट काठमाडौँ  भित्रिने सवारीसाधनहरु बढेकाले सडकमा सवारी र सर्वसाधारणको चहलपहल बढेको देखिएको हो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend