images

२०८३ कार्तिक ६ गते

images
images
images
  • पूर्वाधार
  • आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल...

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • दमौली (तनहुँ), ५ कात्तिकः तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट प्रभावित चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । यसका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ ।

    images
    images

    आयोजनाको जलाशय निर्माणका कारण प्रभावित हुने झोलुङ्गे पुलहरूको पुनःस्थापना तथा पुनर्निर्माणका लागि सम्झौता गरिएको हो । ठेक्का सम्झौताको रकम करबाहेक रु १६ करोड ९७ हजार ३८ रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । 

    भण्डारीका अनुसार जलाशयबाट प्रभावित हुने पुलमध्ये स्थानीयवासी सँगको परामर्शमा उपयुक्त स्थान छनोट गरी चारवटा पुल पुनर्निर्माण गर्न लागिएको हो । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उहाँले जानकारी दिए ।

    images
    images

    आयोजना अन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । जलाशयका कारण पुराना पुल प्रभावित हुने भएपछि स्थानीयवासीको आवतजावत सहज बनाउन उपयुक्त स्थानमा पुल पुनःस्थापना गर्न लागिएको भण्डारीले बताए । 

    जलाशय निर्माणका कारण प्रभावित हुने बस्तीका बासिन्दालाई आवतजावतमा समस्या नहोस् भन्ने उद्देश्यले पुल पुनर्निर्माणलाई प्राथमिकता दिइएको हो । स्थानीयबासी सँगको परामर्शका आधारमा पुल रहने स्थान तय गरिएकाले यसबाट स्थानीय बासिन्दाको दैनिक आवागमन तथा विभिन्न सेवा सुविधामा पहुँच सहज हुने अपेक्षा गरिएको भण्डारीको भनाइ छ । 

    सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ साल वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend