images

२०८३ आश्विन २० गते

images
images
images

दशकपछि मञ्चमा फर्किएका मह जोडी

दशकपछि मञ्चमा फर्किएका मह जोडी

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • काठमाडौंः नेपालको हास्य–व्यङ्ग्य विधामा विशिष्ट स्थान बनाउन सफल जोडी मह अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशकपछि पुनः मञ्चमा फर्किएका छन्। ‘मह जात्रा’ प्रहसन मार्फत पुनः मञ्चमा फर्किएका महलाई हेर्न काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा दर्शकको भीडभाड छ। 

    images
    images

    कार्यक्रममा सबै वर्ग र समूहका दर्शकको उपस्थिति देखिएको र महको प्रस्तुतिमा रमाएको कलाकार किरण केसीले जानकारी दिए। “कार्यक्रममा दर्शकहरूको भीड देख्न पाइयो, जसले यो जोडी प्रतिको दर्शकको माया र सम्मानलाई पुनः एकपटक झल्काएको छ। हामीले विदेशमा समेत यही शीर्षक यसै वर्ष कार्यक्रम गरेका थियौँ। विदेशपछि स्वदेश पाएको माया अद्भुत छ”, कलाकार केसीले भने।

    यो कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ। यसमा कलाकार श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यङ्ग्यमा निरन्तरता दिने अठोट र कलाकार आचार्यसँगको अटुट सहकार्यका कारण यो प्रहसन सम्भव भएको कलाकार केसीको बुझाइ छ। 

    images
    images

    ‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हास्य शैली मार्फत प्रस्तुत गर्दै गम्भीर रूपमा सोच्न प्रेरित गर्नेछ। नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना र सांस्कृतिक कुरीतिहरूलाई गरिएको व्यङ्ग्यलाई दर्शकले रुचाएका छन्।

    प्रहसनमा कलाकार राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले र विभुषा बस्नेतले पनि आफ्नो प्रस्तुति दिइरहेका छन्।

    मह सञ्चार र सुश्री मिडिया प्रालिको सहकार्यमा प्रस्तुत यो कार्यक्रम ‘मह जात्रा’ ले दर्शकलाई हँसाउने मात्र होइन, समाज प्रति नवीन दृष्टिकोण राख्न प्रेरित गर्ने विश्वास आयोजकको छ। मीरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना गरिएको कार्यक्रम कात्तिक २९ गते देखि सुरु भएको ‘मह जात्रा’ मङ्सिर  १, ४, ५, ६, १२, १३, १७ र १८ सम्म चल्नेछ। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend