images

२०८३ आश्विन १९ गते

images
images
images

सर्वोत्तम सिमेन्टको नाफा ऋणात्मक

सर्वोत्तम सिमेन्टको नाफा ऋणात्मक

images
images
शनिवार, मंसिर १ २०८१
शनिवार, मंसिर १ २०८१
  • सर्वोत्तम सिमेन्ट (SARBTM) ले चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा सो अवधि सम्ममा २ करोड २५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    images
    images

    असोज मसान्त सम्ममा कम्पनीले १ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। त्यस्तै, सो अवधि सम्ममा कम्पनीको कुल नाफा १२ करोड ३ लाख रुपैयाँ रहेको छ भने अन्य आम्दानी ८८ लाख ४१ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको कुल खर्च १४ करोड ८५ लाख रुपैयाँ रहेको छ।

    कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ९४ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९८ रुपैयाँ ३३ पैसा रहेको छ। ४ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब २३ करोड ५४ लाख रुपैयाँ रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend