images

२०८३ आश्विन १६ गते

images
images
images

मौद्रिक नीतिको समीक्षाका लागि आन्तरिक तयारीमा जुट्यो केन्द्रीय बैंक, सेयर लगानीकर्ताको के अपेक्षा ?

मौद्रिक नीतिको समीक्षाका लागि आन्तरिक तयारीमा जुट्यो केन्द्रीय बैंक, सेयर लगानीकर्ताको के अपेक्षा ?

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौंः नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । यसका लागि केन्द्रीय बैंकले अहिले आन्तरिक छलफल गरिरहेको छ भने तथ्यांकहरु अध्ययन गरिरहेको साहयक सूचना अधिकारी डा. भागवत आचार्य बताउँछन् । उनले अहिले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पहिलो त्रैमासिक तथ्यांकहरु संकलन गर्ने काम भइरहेको जानकारी दिए ।

    images
    images

    ‘अहिले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पहिलो त्रैमासिक तथ्यांकहरु माथि अध्ययन भइरहेको छ’ उनले भने, ‘उक्त तथ्यांक आएपछि त्यसैलाई हेरेर पहिलो त्रैमासिक समीक्षा सार्वजनिक हुनेछ ।’ उनले कात्तिक मसान्त सम्म पहिलो त्रैमासको तथ्यांक सार्वजनिक हुने जानकारी दिए । साथै, नियामकिय प्रवधान अनुसार नै मंसिर १५ गतेभित्र मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारीका साथ केन्द्रीय बैंकले काम गरेको उनले बताए । मौद्रिक नीतिको त्रैमासिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिन भित्र सार्वजनिक गर्ने नियामकीय प्रावधान छ ।

    विगत लामो समयदेखि अर्थतन्त्रमा मन्दी छाएको छ । बाह्य सूचक सबल देखिए पनि आन्तरिक सूचकहरु सलबलाउन सकेका छैनन् । आन्तरिक आर्थिक गतीविधि लगभग ठप्प जस्तै छ । आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन सकेको छैन । यस्तो अवस्थामा सबैको नजर केन्द्रीय बैंक प्रति रहेको छ । यसै बीच, मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत अर्थतन्त्र चलायमान बनाउने चुनौती केन्द्रीय बैंकको सामूह रहेको छ ।

    images
    images

    सोही अनुसार अर्थतन्त्रका सूचकहरु अध्ययन गरेर चलायमान बनाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने स्रोतले बताएको छ । तथापि, पहिलो त्रैमासिक समीक्षा भएकाले खासै ठूलो नीतिगत परिवर्तन भने नहुने स्रोतको भनाई छ । 

    पहिलो त्रैमासिक समीक्षामा सेयर बजारका लगानीकर्ताको अपेक्षा के ?

    यता, केन्द्रीय बैंक पहिलो त्रैमासको समीक्षामा जुटिरहँदा सोरोकारवाला निकायहरुको धेरै नै अपेक्षा रहेको छ । सेयर बजारका लगानीकर्ताहरुले पनि पहिलो त्रैमासिक समीक्षा लचिलो हुने अपेक्षा राखेका छन् । सेयर लगानीकर्ता संघका अध्यक्ष ताराप्रसाद फुलेलले भने, ‘चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा लचिलो आउँछ भन्ने अपेक्षा छ ।’ 

    उनी मौद्रिक नीतिको समीक्षाबाट सेयर धितो कर्जामा लगाइएको सीमा हटाउनु पर्ने र जोखिम भार सम्बन्धी व्यवस्था संशोधन गर्नुपर्ने बताउँछन् । उनले समीक्षा मार्फत सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्नुपर्ने बताए । साथै, व्यक्तिगत लगानीकर्ताको सेयर धितो कर्जामा लाग्दै आएको १५ करोड रुपैयाँको सीमा हटाउनुपर्ने बताए । 

    उनले केन्द्रीय बैंकले यी नीतिहरुमा लचक बन्ने हो भने सेयर बजारले स्थायित्व पाउने बताए । तथापि, उनहरुको अपेक्षा अनुसार मौद्रिक नीति आउँछ कि आउँदैन भन्ने बारेमा अहिले नै एकिन नभएको केन्द्रीय बैंकका सहायक सूचना अधिकारी आचार्यले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend