images

२०८३ कार्तिक १ गते

images
images
images
  • शेयर
  • मंसिर १२ गतेदेखि हकप्रद शेयर...

मंसिर १२ गतेदेखि हकप्रद शेयर विक्री गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन

मंसिर १२ गतेदेखि हकप्रद शेयर विक्री गर्दै लाइफ इन्स्योरेन्स कर्पोरेशन

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले मंङसिर १२ गतेदेखि हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

    images
    images

    कम्पनीले  हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।  यस अनुसार कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ ।

    हकप्रद शेयर निष्कासन प्रयोजनार्थ कम्पनीले कात्तिक ९ गते बुकक्लोज गरेको थियो ।  यस अनुसार कात्तिक ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन । कम्पनीको हकप्रद शेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ ।

    images
    images

    हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

    लगानीकर्ताले बिक्री प्रबन्धकका साथै लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), स्टार मल, पुतलीसडक, काठमाडौँ तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात कम्पनीको इस्योरेन्सको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend