images

२०८३ आश्विन १८ गते

images
images
images

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा घट्यो

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा घट्यो

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौँ - सगरमाथा लुम्बिनी इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

    images
    images

    चालु आर्थिक वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सल कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १३ करोड ४२ लाख रुपैयाँबाट घटेर ११ करोड ५१ लाखमा झरेको छ । यो गत वर्षको भन्दा १४.८५ प्रतिशतले थोरै हो । असोजसम्म कम्पनीले ३१ करोड १८ लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क कमाएको छ ।

    समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ६५ पैसा ऋणात्मक रहेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७० पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने २४१.४ रुपैयाँ रहेको छ ।

    images
    images

    कम्पनीको कमिसनबाट हुने आम्दानी भने २३.४७ प्रतिशततले बढेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । इन्स्योरेन्सको रिटेन्ड अर्निङमा ४१ करोड ६१ लाख रुपैयाँ रहेको छ । सगरमाथा लुम्बिनीको बिमा कोषमा १० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend