images

२०८३ आश्विन २५ गते

images
images
images
  • स्वास्थ्य
  • पोखराको कालीगण्डकी डायग्नोस्टिकमा सीटी स्क्यान, एमआरआईसहित...

पोखराको कालीगण्डकी डायग्नोस्टिकमा सीटी स्क्यान, एमआरआईसहित विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध

पोखराको कालीगण्डकी डायग्नोस्टिकमा सीटी स्क्यान, एमआरआईसहित विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध

images
images
आइतवार, आश्विन २५ २०८३
आइतवार, आश्विन २५ २०८३
  • पोखरा । पोखराको अमरसिंह चोकस्थित कालीगण्डकी डायग्नोस्टिक एण्ड रिसर्च सेन्टरले आधुनिक उपकरण र विशेषज्ञ चिकित्सकमार्फत विभिन्न स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउँदै आएको छ ।केन्द्रमा सीटी स्क्यान, एमआरआई, भिडियो एक्स–रे तथा अल्ट्रासाउन्डलगायतका परीक्षण सेवा उपलब्ध छन् । आधुनिक उपकरणको प्रयोगबाट रोग पहिचान र उपचार प्रक्रियालाई सहज बनाउने उद्देश्यले सेवा सञ्चालन गरिएको केन्द्रले जनाएको छ ।केन्द्रमा कन्सल्टेन्ट रेडियोलोजिस्ट डा. नवराज पौडेल र डा. विश्वोरा बास्ताकोटीको विशेषज्ञ सेवा उपलब्ध छ । उनीहरूले बिरामीको आवश्यकताअनुसार निदानात्मक परीक्षण तथा रिपोर्टिङ सेवा प्रदान गर्दै आएका छन् ।

    images
    images

    मस्तिष्क, छाती, पेट, हड्डी तथा शरीरका विभिन्न अंगमा देखिने समस्याको पहिचानका लागि सीटी स्क्यान, एमआरआई, एक्स–रे र अल्ट्रासाउन्डजस्ता परीक्षण उपयोगी हुन्छन् । बिरामीको लक्षण र चिकित्सकीय मूल्याङ्कनका आधारमा आवश्यक परीक्षण छनोट गरिन्छ ।पोखरा–१०, शान्तिपथ, अमरसिंह चोकमा रहेको केन्द्रले कास्की तथा आसपासका जिल्लाका सेवाग्राहीलाई लक्षित गरी निदानात्मक स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । आधुनिक परीक्षण सुविधा र विशेषज्ञ चिकित्सकको सेवामार्फत रोग पहिचानमा सहयोग पुर्‍याउने केन्द्रको उद्देश्य छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend