images

२०८३ आश्विन १६ गते

images
images
images

मंसिरका लागि पनि बैंकहरूले घटाए ब्याजदर

मंसिरका लागि पनि बैंकहरूले घटाए ब्याजदर

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । मंसिर महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपमा दिने ब्याजदर घटाएका छन् ।

    images
    images

    २० वाणिज्य बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम औसत ब्याजदर घटेको छ । कात्तिक महिनामा यस्तो औसत ब्याजदर ६.१८ प्रतिशत रहेकोमा मंसिरमा घटेर ५.९६ प्रतिशत भएको छ ।

    एक महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ०.२२ प्रतिशत विन्दुले घटेको हो । कात्तिकमा यस्तो ब्याजदर असोजको तुलनामा ०.२१ प्रतिशत विन्दुले घटेको थियो ।

    images
    images

    सार्वजनिक सूचना अनुसार मंसिरका लागि पूर्ण सरकारी स्वामित्वको बैंक राष्ट्रिय वाणिज्यले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर केही बढाएको छ । ८ बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर स्थिर राखेका छन् ।

    स्थिर राख्नेमा नेपाल एसबीआई, नेपाल, सानिमा, इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, हिमालयन र एभरेस्ट छन् । ११ बैंकले भने घटाएका छन् । घटाउनेमा कृषि विकास, लक्ष्मी सनराइज, ग्लोबल आईएमई, कुमारी, प्राइम, सिटिजन्स, नबिल, स्टान्डर्ड चार्टर्ड, माछापुच्छ्रे, एनएमबी र एनआईसी एसिया छन् ।

    मंसिर महिनामा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर एनआईसी एसिया बैंकले ६.७९ प्रतिशत दिनेछ । कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ प्रतिशत कायम भएको थियो ।लामो अवधिको व्यक्तिगत मुद्दती निक्षेपमा केही उच्च ब्याजदर र छोटा अवधिको मुद्दती निक्षेपमा ब्याजदर केही कम गर्ने नीति बैंकहरूको देखिन्छ । निक्षेपको ब्याजदर घट्दा आधार दर घटेर कर्जाको ब्याजदरमा ऋणीलाई राहत हुनेछ ।

    राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीच अन्तर बढीमा ५ प्रतिशतभन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ ।संस्थागत मुद्दती निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले ब्याजदर कम गर्नुपर्छ । त्यस्तै व्यक्तिगत रेमिट्यान्स मुद्दतीमा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्छन् ।

    बैंकहरुमा लगानीयोग्य रकम पर्याप्त हुनु, तर कर्जा प्रवाह सोअनुसार बढ्न नसक्दा लागत महँगिन जाने भएकाले बैंकहरुले निक्षेपमा ब्याजदर घटाइरहेका छन् बैंकहरुसँग तरलता पर्याप्त रहेपछि राष्ट्र बैंकले बोलकबोलमार्फत रकम खिचिरहेको छ ।

    व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुले तोकेको ब्याजदर

    बैंक कात्तिकको ब्याजदर % मंसिरको ब्याजदर % 
    कृषि विकास ५.७५ ५.५३
    राष्ट्रिय वाणिज्य ५.८ ६
    नेपाल एसबीआई ६ ६
    लक्ष्मी सनराइज ६ ५.५
    ग्लोबल आईएमई ६.२५ ५.७५
    कुमारी ६.०१ ५.७१
    प्राइम कमर्सियल ६ ५.७५
    नेपाल ५.९५ ५.९५
    सानिमा ६.१५ ६.१५
    सिटिजन्स ५.७५ ५.६५
    नबिल ६.२५ ५.७५
    इन्भेस्टमेन्ट मेगा ६.५ ६.५
    सिद्धार्थ ६ ६
    स्टान्डर्ड चार्टर्ड ६.५ ६.२५
    माछापुच्छ्रे ७ ६
    प्रभु ६.१ ६.१
    एनएमबी ६.५ ५.५७
    एनआईसी एसिया ६.९९ ६.७९
    हिमालयन ६.२५ ६.२५
    एभरेस्ट ६ ६

    स्रोत : सार्वजनिक सूचना

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend