images

२०८३ आश्विन २० गते

images
images
images
  • शिक्षा
  • शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री...

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

शैक्षिक नतिजा सुधारमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले कक्षा १० र १२ को शैक्षिक नतिजालाई सुधार गर्न सम्बन्धित निकायलाई आग्रह गरेकी छन् । 

    images
    images

    आज शिक्षा परिषद्को सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीमा परिषद् बैठकको अध्यक्षता गर्दै उनले शैक्षिक उपलब्धिमा सुधार गर्न सरोकारवाला सबैलाई निर्देशन दिएकी हुन् ।उनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विकास गरेका श्रव्यदृश्य सामग्रीलाई विद्यार्थीको सहज पहुँचमा पुर्‍याउनसमेत निर्देशन दिइन्।

    मन्त्री भट्टराईले प्राप्त स्रोत साधनबाट छिटो छरितो सेवा प्रदान भइरहेको वैदेशिक अध्ययन अनुमतिपत्र र छात्रवृत्तिसम्बन्धी कामप्रति सन्तुष्टि त्यक्त गर्दै जनसेवामा समर्पित भएर काम हुन कर्मचारीलाई आग्रहसमेत गरिन् । एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक एवं चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाब समेत उनले दिइन्। 

    images
    images

    बैठकपछि उनले केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखालगायत सानो ठिमीस्थित बिभिन्न शैक्षिक संस्थाको आकस्मिक निरीक्षणसमेत गरिन्। 

    निरीक्षणका क्रममा मन्त्री भट्टराईले चिकित्सा शिक्षा आयोग, मान्यता तथा समकक्षता, छात्रवृत्ति र वैदेशिक सम्बन्धमा सञ्चालित विद्यालय सम्बद्ध  काम गर्ने शाखाको निरीक्षण गरी कार्यप्रवाह, समस्या र चुनौतीबारे जानकारी समेत लिइन्। 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend