images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • पहिलो त्रैमाससम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा...

पहिलो त्रैमाससम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा वृद्धि

पहिलो त्रैमाससम्म आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा वृद्धि

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं ।  आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। 

    images
    images

    चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तवुनलामा १९.५० प्रतिशत बढी हो। समीक्षा अवधिमा इन्स्योरेन्सले ५ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    यस अवधिसम्ममा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क ०.२३ प्रतिशत घटेको छ भने कुल आम्दानी ७.६४ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी समीक्षा अवधिमा ४.९४ प्रतिशत र कुल खर्च ५.१९ प्रतिशत बढेको छ।

    images
    images

    यस अवधिसम्म आइपुग्दा कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको छ । इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७४ करोड रुपैयाँ, महाविपत्ती कोषमा ८ करोड ३५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड २ लाख रुपैयाँ र अन्य इक्विटीमा ५६ करोड ५४ लाख रुपैयाँ सञ्चित छ रहेको ।

    नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ३२ पैसा बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७७.३० गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ ४९ पैसा रहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend