images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४...

द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुँदै

द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुँदै

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजमा करियर फेस्ट– २०२४ हुने भएको छ । ग्रोथ सेलर्सको सहकार्यमा २५ र २६ नोभेम्बरको दिन थाथापलीस्थित कलेज हातामा करियर फेस्टको आयोजना हुन लागेको हो ।

    images
    images

    देशभरका रोजगारदाता कम्पनी र रोजगारी खोजिरहेका व्यक्तिहरू फेस्टमा सहभागी हुनेछन् । कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थीमात्रै नभई सर्वसाधरणहरु र शीर्ष कम्पनीहरूलाई एउटै स्थानमा ल्याई रोजगारीको अवसर प्रदान गर्ने, नेटवर्किङ बढाउने, र ज्ञान आदान–प्रदान गर्ने गतिशील मञ्चको रूपमा सेवा पुर्याउने लक्ष्यको साथ यो कार्यक्रमको आयोजना भएको कलेजले जनाएको छ ।

    ५० भन्दा बढी राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको सहभागिता रहने फेस्ट, रोजगारदाता तथा रोजगारीको खोजी गरिरहेका व्यक्तिहरुको लागि फलदायी हुने कम्पनीको विश्वास छ । फेस्टमा सहभागी हुने रोजगारदाता कम्पनीहरूले सो संस्थाको बिभिन्न पक्षहरुको बारेमा जानकारी प्रदान गर्नेछन् । 

    images
    images

    साथै, सो कम्पनीहरुले प्रत्यक्ष अन्तरर्वार्ता लिई रोजगारीको अवसर समेत प्रदान गर्न सक्नेछन् । एउटै मञ्चबाट दुवै पक्षले फाइदा लिन सक्ने फेस्ट सरल र प्रभावकारी माध्यम भएको कलेजको विश्वास छ । ब्रिटिस कलेजका डेप्युटी प्रिन्सिपल डा. प्याट्रिक म्याकक्रुडेनले नेपालमा रहेको ‘ब्रेन ड्रेन’को समस्या समाधान गर्नको लागि यो पहल महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘रोजगारीको अवसर पाउन कठिन भइरहेकोले नेपालबाट क्षमतावान् व्यक्तिहरू पलायन भइरहेको छन् ।

    करियर फेस्ट २०२४ ले स्थानीय प्रतिभा पहिचान गर्दै रोजगारीको अवसर चाहिएका व्यक्तिहरूलाई नेपालमै सन्तोषजनक काम प्रदान गर्नको लागि आयोजना गरिएको हो,’ प्रिन्सिपल म्याकक्रुडेनले भने, ‘यस्ता खालका कार्यक्रमहरूले प्रतिभा बाहिरिने प्रवृत्तिलाई रोक्न मद्दत पुर्याउन सक्छ, जसले नेपालको आर्थिक विकासलाई मजबुत बनाउन र उज्ज्वल भविष्यको मार्ग प्रशस्त गर्नेछ ।’

    करियर फेस्ट केवल रोजगारी मेला मात्र नभई, एउटा व्यावसायिक विकास केन्द्र हो । फेस्टमा सहभागीहरूले सीभीबारेको कार्यशाला, करियर गाइडेन्सका शत्रहरु, र मास्टरक्लासहरूमा पहुँच पाउनेछन् । यस्ता गतिविधिले सहभागीहरुको कार्यक्षेत्रमा सफल हुन आवश्यक ज्ञान र सीपहरू प्रदान गर्नेछ । 


     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend