images

२०८३ आश्विन १९ गते

images
images
images
  • उर्जा
  • प्राधिकरणको मंसिर १२ भित्र विद्युत् बक्यौता...

प्राधिकरणको मंसिर १२ भित्र विद्युत् बक्यौता बुझाउन उद्योगहरूलाई ताकेता

प्राधिकरणको मंसिर १२ भित्र विद्युत् बक्यौता बुझाउन उद्योगहरूलाई ताकेता

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं  । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत आपूर्ति लिएका उद्योगलाई बक्यौता महसुल बुझाउन ताकेका गरेको छ । 

    images
    images

    प्राधिकरणले एक सूचना जारी गर्दै सोबापतको महसुल मंसिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउन आग्रह गरेको हो ।

    मन्त्रिपरिषद्को कात्तिक २५ को बैठक र प्राधिकरण संचालक समितिको कात्तिक २७ को बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको सूचनामा उल्लेख गरेको छ । 

    images
    images

    प्राधिकरणले सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टीओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी वान, टी टू र टी थ्रि टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिलअनुसार बिल भुक्तानी गर्न उद्योगहरुलाई भनेको हो । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार हुने पनि प्राधिकरणकले स्मरण गराएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend