काठमाडौँ । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।कतार एयरवेजको जहाजमार्फत उनी बिहान ८ः४५ बजे काठमाडौं फर्किएका हुन् । बैठकमा नेपाललाई सन् २०२६–२७ का लागि एआईआईबीको उप–सभापतिमा निर्वाचित गरिएको छ ।
बैठकमा वाग्लेले नेपालजस्ता मुलुकको आवश्यकताअनुसार बैंकको लगानीलाई सहुलियतपूर्ण बनाउनुपर्ने तथा सडक, विद्युत्, सञ्चार र सूचना प्रविधिलगायत पूर्वाधारमा लगानी विस्तार गर्नुपर्ने धारणा राखेका थिए ।बैठकका क्रममा उनले एआईआईबीका अध्यक्ष तथा कतार, भारत, बंगलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगबारे छलफल गरेका थिए ।




.gif)



