images

२०८३ आश्विन १८ गते

images
images
images

विद्युत उत्पादन थालेपछि अरुण काबेली नाफामा

विद्युत उत्पादन थालेपछि अरुण काबेली नाफामा

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौं ।  अरुण काबेली पावर लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ८ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनी १५ करोड ९४ लाख रुपैयाँ घाटामा थियो ।  

    images
    images

    बाढीले आयोजनमा क्षति पुर्याएका कारण गत वर्ष यसको विद्युत उत्पादन बन्द भएको थियो । अहिले पुनः विद्युत बिक्री सुरु गरेपछि कम्पनी नाफामा गएको हो । 

    यसको विद्युत बिक्रीबाट हुने आम्दानी २१ करोड ४३ लाख रुपैयाँ रहेको छ । यता, वित्तीय खर्च ९ करोड ५२ लाखबाट घटेर ६ करोड १० लाख रुपैयाँ कायम भएको छ । ३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ८.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ९७.५३ रुपैयाँ रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend