images

२०८३ आश्विन १५ गते

images
images
images
  • अन्य
  • पूर्वप्रधानन्यायाधीश...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प्रहरी नियन्त्रणमा

पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा प्रहरी नियन्त्रणमा

images
images
आइतवार, आश्विन ११ २०८३
आइतवार, आश्विन ११ २०८३
  • काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको छ। जबराका अनुसार प्रहरीले गएराति उनलाई सुरक्षाको कारण देखाउँदै प्रहरी कार्यालयमा ल्याएको हो।

    images
    images

    जबराले आफूलाई ‘जेनजी’ समूहबाट सुरक्षा थ्रेट आएको भन्दै सुरक्षाका लागि प्रहरीसँगै हिँड्न आग्रह गरिएको बताएका छन्। त्यसपछि आफूलाई प्रहरी कार्यालयमा ल्याएर राखिएको उनले बताएका छन्।

    जबराका अनुसार आफूलाई पक्राउ गरिएको हो वा अन्य कुनै कारणले नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन। आफूविरुद्ध कुनै उजुरी वा अन्य विषयबारे समेत जानकारी नगराइएको उनले बताएका छन्।

    images
    images

    प्रहरीले भने जबरालाई नियन्त्रणमा लिएको घटनाबारे औपचारिक विवरण सार्वजनिक गरेको छैन। प्रहरी स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो। यद्यपि, यसबारे प्रहरीको औपचारिक पुष्टि हुन बाँकी छ।

    यसअघि जबराविरुद्ध २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्तापछि उनी निलम्बनमा परेका थिए। संसद्को अधिवेशन समाप्त भएपछि तत्कालीन महासचिवले महाअभियोग निष्क्रिय भएको पत्र दिएका थिए। उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यसहितले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

    गत भदौ २४ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्धको महाअभियोगसम्बन्धी विवादको औचित्य समाप्त भएको ठहर गर्दै चारवटै रिट खारेज गरेको थियो। फैसलापछि जबरासम्बन्धी महाअभियोग विवाद टुंगिएको थियो।

    जबराले २०७५ सालदेखि प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। महाअभियोग प्रस्ताव दर्तापछि निलम्बनमा परेका उनी सर्वोच्च अदालतमा हाजिर हुन खोज्दा कानुन व्यवसायीको आन्दोलनका कारण हाजिर हुन सकेनन्। त्यसपछि उनी अवकाशमा गएका थिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend