images

२०८३ आश्विन १५ गते

images
images
images
  • विश्व
  • श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७...

श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते

श्रीलंकाको अस्पतालमा ग्यास सिलिन्डर विस्फोट, ७ जना घाइते

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • कोलम्बो, १० असोज । श्रीलंकाको उत्तर(मध्य क्षेत्रमा पर्ने पोलोन्नरुवास्थित एक मिर्गौला अस्पतालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जना घाइते भएका छन्।

    images
    images

    पोलिसका अनुसार शनिबार बिहान करिब ४ बजे पोलोन्नरुवा नेफ्रोलोजी अस्पतालको भान्सामा ग्यास सिलिन्डर विस्फोट भएको हो।

    विस्फोटमा अस्पतालका भान्सा कर्मचारीहरू घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोलोन्नरुवा अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।

    images
    images

    विस्फोटका कारण अस्पताल भवनमा समेत ठूलो क्षति पुगेको छ।

    घटनामा अस्पतालमा उपचाररत कुनै पनि बिरामी वा अन्य स्वास्थ्यकर्मी घाइते भएका छैनन्। विस्फोटपछि अस्पतालका कर्मचारीहरूले बिरामीहरूलाई भवनबाट सुरक्षित रूपमा बाहिर निकालेका थिए।

    आवश्यक उपचारको व्यवस्था गर्दै थप उपचार आवश्यक पर्ने बिरामीहरूलाई पोलोन्नरुवा जनरल अस्पतालमा स्थानान्तरण गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend