images

२०८३ आश्विन १५ गते

images
images
images
  • विश्व
  • जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता...

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

जिडिआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा नेपालको जोड

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • काठमाडौँ, १० असोज । परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न बाँकी अवधिलाई तीव्र कार्यान्वयनको समयका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् ।

    images
    images

    संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आज आयोजित ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई)’ सम्बन्धी उच्चस्तरीय बैठकमा उनले विकासशील मुलुकहरूको वित्तीय आवश्यकता, द्वन्द्व, जलवायु आपत्काल र ऋणको दबाबका बीच विकासका प्रतिबद्धतालाई परिणाममा रूपान्तरण गर्न अन्तरराष्ट्रिय सहयोग आवश्यक भएको बताएका छन् ।

    परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको उक्त अवधारणालाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न चीनले निरन्तर गर्दै आएको प्रयासको प्रशंसा गरेका छन् । 

    images
    images

    मन्त्री खनालले भने, “पाँच वर्षमा जिडिआई विकासशील विश्वभर साझेदारी, स्रोत परिचालन, ज्ञान आदानप्रदान र व्यावहारिक सहकार्यको मञ्चका रूपमा विस्तार भएको छ ।” 

    गरिबी न्यूनीकरण, खाद्य सुरक्षा, विकास वित्त, हरित विकास, औद्योगिकीकरण र डिजिटल अर्थतन्त्रमा जिडिआईको प्राथमिकताले ‘ग्लोबल साउथ’ का धेरै प्राथमिकतालाई सम्बोधन गर्ने उनले बताएका छन् । 

    नेपाल जिडिआईको ग्रुप अफ फ्रेन्ड्समा सहभागी भइसकेको जानकारी दिँदै मन्त्री खनालले व्यावहारिक सहकार्य र दक्षिण–दक्षिण साझेदारीमा यसको जोडलाई नेपालले महत्व दिएको बताएका छन् । 

    नेपालले आफ्नो विकासका आकाङ्क्षा अघि बढाउँदै गर्दा गरिबी न्यूनीकरण, कृषि तथा खाद्य सुरक्षा, नवीकरणीय ऊर्जा, उत्थानशील पूर्वाधार, विपद् तयारी, डिजिटल रूपान्तरण र मानव स्रोत विकासका क्षेत्रमा जीडीआई सहकार्यको महत्वपूर्ण सम्भावना रहेको मन्त्री खनालले बताएका छन् ।

    उत्पादन क्षमता अभिवृद्धि, ज्ञान तथा प्रविधि हस्तान्तरण, सीप विकास तथा आफ्नै क्षमता मार्फत अवसर विस्तार गर्न सहयोग पु¥याउने सहकार्यलाई नेपालले महत्व दिएको उनको कथन थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend