images

२०८३ आश्विन १५ गते

images
images
images

घरबासले फेरिँदै दगामको पर्यटन पहिचान

घरबासले फेरिँदै दगामको पर्यटन पहिचान

images
images
शनिवार, आश्विन १० २०८३
शनिवार, आश्विन १० २०८३
  • दमौली (तनहुँ), १० असोज । शुक्लागण्डकी–२ स्थित दगाम गाउँ मगर समुदायको मौलिक संस्कृति, परम्परागत जीवनशैली, स्थानीय परिकार र आत्मीय आतिथ्यका कारण ग्रामीण पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित भएको छ ।

    images
    images

    गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले दगामलाई ‘गन्तव्य गाउँ’ का रूपमा सिफारिस गरेपछि आन्तरिक पर्यटकको रोजाइमा दगाम परेको हो । भिटोफले हरेक वर्ष तीनवटा गाउँलाई गन्तव्य गाउँका रूपमा सिफारिस गर्दै आएको छ ।

    ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ अभियान अन्तर्गत गाउँलाई पर्यटनसँग जोड्ने प्रयास भइरहेको भिटोफ गण्डकीका अध्यक्ष रमेश अर्यालले बताएका छन् । दगामका २३ घरमध्ये २० घर मगर र तीन घर गुरुङ समुदायका छन् । मगर समुदायको मौलिक वेशभूषा, संस्कार, संस्कृति र परम्परागत जीवनशैली यहाँका प्रमुख आकर्षण हुन् ।

    images
    images

    विसं २०६५ मा सिरुबारी गाउँको अवलोकन गरेपछि स्थानीयको पहलमा दगाम सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको थियो । हाल पोखरासहित भैरहवा, बुटवल, नारायणगढ र काठमाडौँबाट पर्यटक दगाम पुग्ने गरेका छन् ।

    होमस्टे संयोजक नन्द थापाका अनुसार दगामबाट चारैतिरका डाँडासँगै हिमशृङ्खलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । एउटै स्थानबाट धौलागिरि हिमालका विभिन्न चुचुरादेखि गणेश हिमालसम्म देखिने उनले बताएका छन् ।

    पाहुनालाई कोदो, मकै, पिँडालु र सिस्नुलगायत स्थानीय उत्पादनबाट तयार पारिएका परिकार तथा गाउँमै उत्पादित मह खुवाउने गरिएको उनले जानकारी दिएका छन् ।

    शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले दगाम होमस्टेलाई राष्ट्रिय तथा प्रादेशिक प्राथमिकतामा राखेर विकास भइरहेको बताएका छन् ।

    यसैबीच, विश्व पर्यटन दिवसका अवसरमा भिटोफ गण्डकीले दगाममा घरबास प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend