images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • बिहीबार राति ८ बजेदेखि पृथ्वी राजमार्गमा...

बिहीबार राति ८ बजेदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

बिहीबार राति ८ बजेदेखि पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातको समयमा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । 

    images
    images

    जल तथा मौसम विज्ञान विभागले आगामी केही दिन भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । बाढी, पहिरो र डुबान जस्ता जोखिम उत्पन्न हुन सक्ने भएकाले यात्रु तथा सवारी साधनको सुरक्षा सुनिश्चित गर्न रातको समयमा राजमार्ग बन्द गरिएको धादिङका प्रजिअ लक्ष्मी पाण्डेय गौतमले जानकारी दिइन् । जिल्ला प्रशासन कार्यालयले यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था राम्ररी बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।  साथै, जोखिमयुक्त स्थानमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न पनि स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

    ddd

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend