images

२०८३ आश्विन १५ गते

images
images
images

रु १ हजार दरको ‘सिरिज २०२५’ बैंकनोट प्रचलनमा ल्याइँदै

रु १ हजार दरको ‘सिरिज २०२५’ बैंकनोट प्रचलनमा ल्याइँदै

images
images
बिहिवार, आश्विन ८ २०८३
बिहिवार, आश्विन ८ २०८३
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु १ हजार दरको नयाँ बैंकनोट प्रचलनमा ल्याउने भएको छ। केन्द्रीय बैंकले ‘सिरिज २०२५’ अन्तर्गतको रु १ हजार दरको बैंकनोट प्रचलनमा ल्याउने सम्बन्धमा सूचना जारी गरेको हो।

    images
    images

    नयाँ बैंकनोटमा प्रचलित डिजाइन तथा सुरक्षा विशेषताहरूलाई निरन्तरता दिइएको छ। बैंकनोटको छपाइ वर्ष ‘सिरिज २०२५’ उल्लेख गरिएको छ भने नोटमा नेपाल राष्ट्र बैंकका तर्फबाट आवश्यक हस्ताक्षर तथा अन्य विवरण समावेश गरिएका छन्।

    images
    images

    राष्ट्र बैंकका अनुसार नयाँ सिरिजको बैंकनोट प्रचलनमा आएपछि यसअघि प्रचलनमा रहेका रु १ हजार दरका बैंकनोटसमेत कानुनी रूपमा प्रचलनमा रहनेछन्।

    केन्द्रीय बैंकले नयाँ नोट सर्वसाधारणले बैंक तथा वित्तीय संस्थामार्फत प्राप्त गर्न सक्ने जनाएको छ। नोटको कारोबार गर्दा यसको सुरक्षा विशेषता पहिचान गरी मात्र प्रयोग गर्न पनि राष्ट्र बैंकले आग्रह गरेको छ।

    नयाँ बैंकनोटको प्रचलनसँगै नेपाली मुद्रा प्रणालीमा थप नयाँ सिरिज समावेश हुने भएको छ।

    May be an image of money and text

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend