images

२०८३ आश्विन १५ गते

images
images
images

वायुसेवा कम्पनीहरूलाई भीषण वर्षाको अनुमानपछि सङ्घले गरायो सचेत

वायुसेवा कम्पनीहरूलाई भीषण वर्षाको अनुमानपछि सङ्घले गरायो सचेत

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । भीषण वर्षाको अनुमानपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले वायुसेवा कम्पनीहरूलाई सङ्घले गरायो सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी शुक्रबारदेखि आइतबारसम्म देशभर भीषण वर्षा र प्रतिकूल मौसमको पूर्वअनुमान गरेसँगै सङ्घले आफ्ना सबै सदस्य वायुसेवा कम्पनीहरूलाई उच्च सतर्कता अपनाउन र उडान सुरक्षामा गम्भीर बन्न निर्देशन दिएको छ।  सङ्घले बुधबार परिपत्र जारी गर्दै प्रतिकूल मौसमका कारण हवाई यातायात प्रभावित हुन सक्ने भएकाले उडान सञ्चालन गर्दा पूर्ण सुरक्षाको प्रत्याभूति गरेर मात्र उडान गर्न गराउन आग्रह गरेको छ।  

    images
    images

    विभागका अनुसार उक्त अवधिमा विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन र हावाहुरीसहित भारी वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका केही स्थानहरूमा पनि चट्याङ, हावाहुरी र भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। हिमाली क्षेत्रमा भारी वर्षा र हिमपातका कारण पर्वतारोहण तथा यात्रा जोखिमपूर्ण हुनसक्ने सङ्घले उल्लेख गरेको छ। वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेकाले सम्भावित आपतकालीन स्थितिमा तत्काल उद्धार कार्य सञ्चालनका लागि तयारी अवस्थामा रहन पनि सङ्घले सदस्य वायुसेवा कम्पनीहरूलाई अनुरोध गरेको छ।

    सङ्घका अध्यक्ष प्रतापजंग पाण्डेले मौसमको अद्यावधिक स्थितिबारे जानकारी लिन जल तथा मौसम विज्ञान विभागको आधिकारिक वेबसाइट नियमित रूपमा हेर्न र उडान सुरक्षालाई पहिलो प्राथमिकता दिन गरिएको जानकारी दिए ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend