काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आज बसेको सञ्चालक समिति (बोर्ड) बैठकले काटिएका उद्योगहरुमा बिजुली जोड्ने निर्णय गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबारको बोर्ड बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
‘मन्त्रिपरिषद् बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने बोर्डले निर्णय गरेको छ’, उनले नेपालखबरसँग भने, ‘सोअनुसार करिब ६ अर्ब रुपैयाँ १५ दिनभित्र विद्युत् प्राधिकरणले उठाउने पनि निर्णय भएको छ।’
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लाइन काटिएका उद्योगमा बिजुली जोड्ने र महसुल बक्यौता पनि असुल गर्ने निर्णय गरेको थियो।
मन्त्रिपरिषद्को उक्त निर्णयसँगै ऊर्जा मन्त्रालयले १५ दिनभित्र टीओडी मिटरको आधारमा बक्यौता रहेका उद्योगमा बिल काट्न र बक्यौता उठाउन निर्देशन दिएको थियो।




.gif)





