images

२०८३ आश्विन १५ गते

images
images
images
  • स्वास्थ्य
  • १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मीलाई...

१७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मीलाई रोग निगरानीसम्बन्धी अभिमुखीकरण

१७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मीलाई रोग निगरानीसम्बन्धी अभिमुखीकरण

images
images
सोमवार, आश्विन ५ २०८३
सोमवार, आश्विन ५ २०८३
  • काभ्रे । काभ्रेमा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी स्वास्थ्यकर्मीस्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्लाका १३ स्थानीय तहअन्तर्गतका १७३ स्वास्थ्य संस्थाका करिब ३८० स्वास्थ्यकर्मी कार्यक्रममा सहभागी भएका जनस्वास्थ्य कार्यालयका प्रमुख रागिश्री कक्षपति श्रेष्ठको भनाइ छ । उनका अनुसार समुदायस्तरमा देखापर्ने सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना सङ्कलन तथा सम्बन्धित निकायमा सूचना प्रवाह गरी आवश्यक प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले स्वास्थ्यकर्मीलाई रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण दिइएको हो ।

    images
    images

    सरकारको ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ ले सङ्क्रामक रोग तथा अनपेक्षित जनस्वास्थ्य घटनाको समयमै पहिचान, सूचना सङ्कलन, प्रतिवेदन, विश्लेषण, सञ्चार तथा प्रतिकार्यलाई व्यवस्थित गर्नुपर्ने व्यवस्था गरेको छ । सूचीकृत सङ्क्रामक रोग तथा जनस्वास्थ्यसम्बन्धी अनपेक्षित घटनाबारे तोकिएको समयावधिभित्र सम्बन्धित निकायमा सूचना सम्प्रेषण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।समुदायमा रोगका लक्षण वा अनपेक्षित जनस्वास्थ्य घटना देखिएमा स्वास्थ्य संस्था वा हेल्लो स्वास्थ्य १११५ मार्फत सूचना प्राप्त गरी EWARS मा प्रविष्ट गर्ने तथा सम्बन्धित स्थानीय तह र स्वास्थ्य संस्थालाई जानकारी गराउने व्यवस्था रहेको छ । समुदायबाट प्राप्त स्वास्थ्यसम्बन्धी सूचना समयमै स्वास्थ्य प्रणालीमा पु¥याउँदा सम्भावित रोग तथा जनस्वास्थ्य जोखिमको प्रारम्भिक पहिचान र आवश्यक प्रतिकार्यमा सहयोग पुग्ने श्रेष्ठले बताए ।कार्यक्रममा आर्थिक सहयोग अमेरिकी दूतावास तथा एपिक नेपाल, स्ट्राइड्स र कामना हेल्थ नेपालले गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend