images

२०८३ आश्विन १९ गते

images
images
images

कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन

कुलेखानी क्षतिको अध्ययन समितिले बुझायो प्रतिवेदन

images
images
मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • काठमाडौँ । कुलेखानी जलविद्युत् आयोजनामा भएको भएको क्षतिबारे अध्ययन गर्न बनेको समितिले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कालाई प्रतिवेदन बुझाएको छ ।

    images
    images

    असोजको ११ र १२ गते परेको पानीका कारण कुलेखानी जलविद्युत् आयोजना भरिँदा ड्यामको ढोका खोलिएको थियो । ढोका खोल्दा तटीय क्षेत्रमा क्षति भएपछि ऊर्जा मन्त्रालयले असोज २२ गते विद्युत् विकास विभागका उपमहानिर्देशक गोकर्णराज पन्थको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो । 

    समितिले स्थलगत अध्ययन तथा छानबिन गरी तयार पारेको प्रतिवेदन मंगलबार बुझाएको हो । प्रतिवेदनमा ड्यामको ढोका मापदण्ड अनुसार खोलिएको वा नखोलिएको विषयमा समेत उल्लेख गरिएको जनाइएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend